
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरबाट आज बिहान ११ः २० बजे जुम्ला पुगेकी हुन् ।
उनी प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहनुभएको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल जान लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी गराए ।
‘राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएस लगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ ।
त्यसपछि रु. ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।”
