पुरुष भलिबल च्यालेन्ज कपका लागि तीन खेलाडी पहिलो पटक नेपाली महिला राष्ट्रिय टोलीमा

२६ मंसिर २०७८, आईतवार १२:०३

काठमाडौं । कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्द पहिलो पटक महिला राष्ट्रिय भलिबल टिममा परेमा छन् ।बंगलादेशको ढाकामा यही डिसेम्बर एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपका लागि तीन खेलाडीले पहिलो पटक नेपाली महिला राष्ट्रिय टोलीमा स्थान बनाउँदा कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन् ।

कृपा र मनिषाले १२औं सागपछि टिममा पुनरागमन गरेका हुन् । यी दुई खेलाडी दुई वर्षअघि महिला टिमले सेन्ट्रल जोनको उपाधि जित्दा र १३औं सागमा रजत जित्दा टोलीमा थिएनन् ।

महिला टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले सेन्ट्रल जोनका लागि नेपाल भलिबल संघ (एनभिए) लाई बुझाएको १२ सदस्यीय टोलीमा कामना, शान्ती र लक्ष्मी पहिलो पटक परेका हुन् ।

अहिले प्रशिक्षणमा रहेका १५ मध्ये सरस्वती जैशी, निरुता ठगुन्ना र कबिता भट्ट टिममा पर्न सकेनन् । निरुताले सेन्ट्रल जोनमा डेब्यु गर्द‌ा १३औं साग पनि खेलेका थिए।

राष्ट्रिय टिममा खेल्दै आएका रेश्मा भण्डारी, जानकी भण्डारी, पुनम चन्द र उषा विष्ट यसअघि नै बाहिरिसकेका छन् । भने १३औं साग खेल्दा नेपाली टिममा १४ जना खेलाडी थिए ।

त्यसमा रहेका ७ खेलाडी अहिले टिममा छैनन् । त्यो बेला खेल्दाका कप्तान अरुणा शाहीसहित, सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सुनिता खड्का, सफिया पुन र उषा भण्डारीले टिममा निरन्ता पाएका छन् ।

सेन्ट्रल जोनमा खेल्ने १२ जनाले ९ जनाले राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने ३ जना नयाँ खेलाडीका रुपमा छन् ।
प्रशिक्षक श्रेष्ठले कृपा र मनिषाले राम्रो प्रदर्शन गर्दै पुनरागमन गरेको र नयाँ तीन खेलाडीको प्रदर्शन पनि राम्रो रहेको बताएका छन् ।

महिला र पुरुषको सेन्ट्रल जोन च्यालेन्ज कप बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुनेछ ।
छनोट भएका १२ खेलाडी १.प्रतिभा माली, २.सरस्वती चौधरी, ३. शान्ति थारु, ४.उषा भण्डारी, ५.सफिया पुन, ६. सुनिता खड्का, ७. मनिषा चौधरी, ८.कामना विष्ट, ९.लक्ष्मी चन्द, १०. सलिना श्रेष्ठ, ११.अरुणा शाही, र १२.कृपा अधिकारी रहेका छन् ।