जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु

२६ मंसिर २०७८, आईतवार ११:४३

 

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति जन्ती सबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। उक्त बस दुर्घटनामा अन्य ८ जना घाइते भएका प्रहरीले जानकारी गराएको छ।

बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती सबार बा २ ख ५६१४ नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा सोही बसका चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ।

दुर्घटनामा घाइते भएका ८ जनाको सिन्धुपाल्चोक र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बलेफी( ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै गरेको बस दुर्घटनामा भएको को प्रहरीले जनाएको छ।