
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डपमा ज्येष्ठ नागरिक बस्न छुट्टै व्यवस्था गरिएको छ । स्टेजकै एकापट्टी जेष्ठ नागरिकलाई बस्ने ठाउँ छुट्याएको छ ।
महाधिवेशन समारोहमा प्रवेशका लागि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाई प्रवेश गर्न नपाउने व्यस्था गरिएको छ ।
त्यस्तै स्वास्थ शिविरमा रक्तदान कार्यक्रममा जारी रहेको छ ।
अत्यावश्यक सेवाका लागि दुईवटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । महाधिवेशन स्थलमा अहिले विभिन्न जाती तथा समूदायको झाँकी प्रस्तुत् भइरहेको छ ।
