वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने निर्णय गरे

२३ मंसिर २०७८, बिहीबार १४:३४

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

बिहीबार बिहान ११ः३० बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।१३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
पौडेल सहभागी नहुने पार्टी स्रोतले जनाएको छ