नेपाली सेनाले भारतीय सेना प्रमुख विपिन रावतको निधनप्रति दुःख व्यक्त

२३ मंसिर २०७८, बिहीबार १३:२७

काठमाडौं । नेपाली सेनाले भारतीय सेना प्रमुख विपिन रावतको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा हेलिकप्टर दुर्घटनामा परी नेपाली सेनाका मानार्थ प्रधानसेनापति रावत र उहाँकी श्रीमती र अन्य ११ जनाको निधनप्रति समवेदना प्रकट गरेको छ ।

उक्त दुःखद घडीमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत र नेपाली सेनाको समग्र पदको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।