काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले मंसिर २९ गते साधारण सभा आमन्त्रण गरेको छ । सभामा बैंकले ११.५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.९३% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश वितरण भएको छ । सभा महाराजा रिसोर्ट, बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ । जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा प्रयोजनका लागि शाइनले मंसिर १७ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । मंसिर १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन्।
