१४ जना सवार रहेका मध्य ११ जनाका शव बरामद

२२ मंसिर २०७८, बुधबार १६:१८

काठमाडौं । तमिलनाडुको कुन्नुरमा भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ बिपिन रावत, उनकी पत्नी समेत १४ जना सवार रहेको बताइउको छ । अहिलेसम्म ११ शव बरामद भएको भारतीय मिडियाले जनाएका छन् । वायुसेनाले जाँचको आदेश दिएको छ ।

अहिले भारतमा संसदको शीतकालीन सत्र चलिरहेको छ । रक्षा मन्त्री राजनाथ सिंह संसद पुगेका छन् । उनले संसदमा यसबारे विस्तृत जानकारी दिनेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट बैठक बसेको छ । राजनाथ सिंहले प्रधानमन्त्रीलाई यसबारे जानकारी गराएका छन् । घाइतेहरुलाई निकै गम्भीर चोट लागेको छ । उनहिरुको शरीर जलेका छन् ।