
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको टुंगो लगाउनबारे छलफल गर्न रामचन्द्र पौडेल समूहको बैठक बसेको छ।
आज बत्तीसपुतलीमा बसेको बैठकमा रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रय सदस्य अर्जुननरसिंह केसी, रामशरण महतलगायत केन्द्रीय सदस्य, जिल्ला सभापति, निवर्तमान सभापति, महाधिवेशन प्रतिनिधिबीच छलफल चलिरहेको छ।
छलफल सकिए पछि नेताहरू बसेर सभापति उम्मेदवार छान्ने स्रोतले ताएको छ। भित्र नेताहरूको बैठक चलिरहेको छ बाहिर भने कार्यकर्ताको भिड लागिरहेको छ। उनीहरूले छिटो–छिटो सर्वसम्मत उम्मेदवार छान्न दबाब दिइरहेका छन्।
यसअघि मंगलबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुनः आफ्नो उम्मेदवारी दोहोर्याउने भएका छन्। संस्थापनइतर समूहबाट पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।
