नेता घिमिरे अन्त्यमा २ मतले पराजित ।

२१ मंसिर २०७८, मंगलवार १७:४३

काठमाडौं । प्रदेश १ को सभापति पदमा २ मत अन्तरले पराजित भएपछि काठमाडौंको चाक्सिबारीस्थित पत्रकारहरूसँग मंगलबार घिमिरेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, मलाई पहिले (२०७४)पनि उम्मेदवार बनाउन बञ्चित गर्नुभयो । अहिले फेरि दोहोरियो ।

प्रदेश १ मा मलाई हराइयो र राजनीतिक हिंसा गरियो । पैसाको खोलो बगाए । त्यस्तो हुँदा एक निरीह कार्यकर्ताले कसरी जित्छ ।

प्रदेश १ अधिवेशनको मतगणनाको क्रममा १६३४ सम्म गणना गर्दा नेतृत्व गरेका नेता घिमिरे अन्त्यमा २ मतले पराजित भएका हुन् । उनले आफ्नो हारलाई चमत्कारिक हार भन्दै यसलाई नियोजित भएको बताएका छन् ।

तर मतपरिणामपछि उनले निवेदन दिए पनि केन्द्रले पुनः मतगणना गर्न आलटाल गरेको बताएका छन् । मैले पुनः मतगणना भनेर निवेदन दिएपछि तुरून्त हुनुपर्ने हो ।

निर्वाचन संयोजकलाई भनेको छु तर आलटाल गर्नु भएको छ । म प्रदेश १ मा पीडित भएको छु, उनले भने ।