चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज

१७ मंसिर २०७८, शुक्रबार १२:३६

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन् । सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा. प्रविण नेपालले बताएका छन् ।

कोभिड निमोनिया भएपछि चोलेन्द्र शम्शेर जबरा मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ । जबराको पिसीआर रिपोर्ट नेगेटिभ आए नआएको चाहिँ खुलाइएको छैन ।