
काठमाण्डौं । राप्रपाका महामन्त्रीमा भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको स्थापनाकाल देखि केन्द्रीय सदस्य रहेका उनले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको अध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । पूर्वमन्त्री समेत रहेका उनमा प्रशिक्षण विभागको प्रमुख, पार्टीको प्रवक्ता भएर र विभिन्न तहमा रहेर काम गरेको अनुभव समेत रहेको छ ।
