
काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत फेला परेका छन् । बुधबार बिहान तामाकोशी गाउँपालिका २, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा रहेका छन् ।उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि, पुष्टि भएको भने छैन ।मृतकहरुको पोष्टमार्टम रिपोर्ट आए पछि मात्रै मृत्युको कारण खुल्ने जानकारी गराएको । उक्त घटनाको थप अनुसन्धान जारी भइरहेको छ ।
