
काठमाण्डौै । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५६ जिल्लाको अधिवेशन गरेर सकिएको छ । ती जिल्लामा सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लगाइ सकिएको छ ।
५६ जिल्लाको परिणाम आएकोमध्ये २५ जिल्लामा सभापति शेरबहादुर देउवा पक्षका नेता सभापतिमा चुनिएका छन् । भने २८ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले जिल्ला सभापतिमा जितेका छन् यस्तै नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले ३ जिल्लामा सभापति जितेका छन् ।
१. उदयपुर– हिमाल कार्की, २. भक्तपुर – दुर्लभ थापा, ३ रुपन्देही – रामकृष्ण खाँण, ४. इलाम– डम्बर खड्का, ५. कास्की – किशोरदत्त बराल, ६. कञ्चनपुर– पदम बोगटी, ७. सुर्खेत – खड्गबहादुर पोखरेल, ८. तनहुँ – जितप्रकाश आले, ९. पर्वत– युवराज जोशी, १०. डोटी – नरेन्द्रबहादुर सिंह, ११. डोल्पा– दीपेन्द्रबहादुर शाही, १२. जुम्ला – कर्णबहादुर शाही, १३. जाजरकोट – बेदराज सिंह, १४. ओखलढुंगा– तेजेन्द्र खनाल, १५. लमजुङ – टकराज गुरुङ, १६. डडेलधुरा – भीमबहादुर साउद, १७. पाँचथर – रुपनारायण जवेगु १८ सल्यान – केसबहादुर बिष्ट, १९. मनाङ – शंकर गुरुङ, २०. हुम्ला – मोहनविक्रम सिंह, २१. ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ, २२. रामेछाप – कान्छाराम तामाङ, २३. मुगु – ऐनबहादुर शाही,२४. म्याग्दी – खमबीर गर्बुजा २५ बझाङ – खडक बोहराले देउवा समूह पक्षबाट सभापतिहरुम विजय भएका छन् ।
१. कपिलवस्तु – अब्दुल कलाम खाँ, २. नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल, ३. दैलेख – मणिराम रेग्मी, ४. दाङ – शंकरप्रसाद डाँगी, ५. नुवाकोट – रमेश महत, ६. काठमाडौं – सबुजकृष्ण बानियाँ, ७. धादिङ – रामनाथ अधिकारी, ८. गुल्मी – खिलध्वज पन्थी, ९. ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ, १०. सुनसरी – केदार भण्डारी, ११. दार्चुला– ललितसिंह बोहरा, १२. खोटाङ – विष्णुकुमार राई, १३. पाल्पा – हिमालदत्त श्रेष्ठ, १४. स्याङ्जा – राजु थापा, १५. रोल्पा – किशोर आचार्य, १६.रुकुम पश्चिम – प्रेमप्रकाश वली, १७. तेह्रथुम – अर्जुनबहादुर तुम्बाहाङ्फे, १८. भोजपुर – विनोद बान्तावा, १९ प्यूठान – विष्णुकुमार गिरी, २०. अर्घाखााची – केशव श्रेष्ठ,२१. बैतडी – चतुरबहादुर चन्द, २२. रुकुमपूर्व – केशरमान रोका, २३. मुस्ताङ – रोमी गौचन थकाली, २४ संखुवासभा – दिपक खड्का, २५.गोरखा – नन्दप्रसाद न्यौपाने, २६.दोलखा – बर्मा लामा, २७.कालिकोट – अम्मबहादुर शाही २८ बाजुरा – रामसिंह रावलले पौडेल समूह पक्षबाट सभापतिहरुमा विजय भएका छन् ।
यस्तै १. झापा – देउमान थेबे, २. काभ्रे – तीर्थ लामा, ३. बागलुङ – जितबहादुर शेरचनले सिटौला समूह पक्षबाट सभापतिहरुमा विजय भएका हुन् ।
