
काठमाण्डौं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गतको मतदान प्रक्रिया दुई घण्टा ढिलो गरी सुरु भएको छ। केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन्। मतदान प्रक्रिया बिहान ९ बजेसम्म चल्ने बताइएको छ।
मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेद्वार भीम रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको बताएका छन् । उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको पनि बताए।
रावलले भने, ‘म सदस्यको उम्मेद्वार होइन, यसले मतदाता प्रतिनिधिलाई समस्या पर्छ।’ यसअघि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गरेको सूचीमा अध्यक्षका प्रत्यासी रावललाई केन्द्रीय सदस्यमा राखेका थिए।
