
काठमाडौं । सर्लाहीमा एक महिला आफ्ना दुई सन्तानसहित मृत अवस्थामा भेटिएकी छिन् । सर्लाही बरहथवा नगरपालिका १ की २६ वर्षीया कविता हजारी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी हुन् ।
कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । कविताको ४ वर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी गराए ।
“घरको कोठामा उनको शव झुण्डीएको अवस्थामा भेटिएकी थिइन् । उनका एक छोरा र छोरी उनी झुण्डीएकै ठाँउतल मृत अवस्थामा भेटिएका छन् । तीनै जनाको शव पोष्टमार्टमका लागि पठाएको ।” डीएसपी बुढाथोकीले बताए ।मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारको शिलशिलामा विदेश छन् ।
