
काठमाण्डौं । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका (डोकेबजार नजिकै सुपप्र ०१(००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकको ठक्करबाट घोडाघोडी(१ बेलारका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले बताएको छ ।
उक्त मोटरसाइकल चालक रहेका शर्माको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।
तेस्तै मृतकका आफन्तले घोडाघोडी नगरपालिकाको सुखडमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उक्त राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै उनीहरूले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।
राजमार्ग अवरुद्ध भएको हुँदा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
