आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्ने

१२ मंसिर २०७८, आईतवार ०७:५७

 

काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ ः १५ बजे दुई टोलीबीच खेल सुरु हुने भएको हो ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालले आजको खेलमा यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्ने देखिन्छ।
यूएईको ८ अंक छ भने नेपाल र हङकङको ६–६ अंक रहेको छ। आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ।

६ टिम सहभागी प्रतियोगिताबाट एक टिमले ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ।
छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत भने खेलबाट बाहिरिइसकेको छ।