ओलीले नेता भिम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव

११ मंसिर २०७८, शनिबार १४:५२

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भिम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीसंग छलफल गर्न भएको हो ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले जानकारी गराए । ओलीले आफुू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएको छन् । मङगसीर १० गते सुूरु भएको दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवार दिएका छन् ।