
काठमाण्डौं । जनगणनाका दौरानमा तीन जना गणकले ज्यान गुमाएका छन् । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् ।
तेस्तै धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ भने कैलालीमा हृदय घातका कारण एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।
जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ । देशभर छिटपुट घटना भने धेरै भएको महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी गराए ।
