एमालेको महाधिवेशनले झन्डै गयो एम्बुलेन्समा भएको बिरामीको ज्यान

१० मंसिर २०७८, शुक्रबार २३:५७

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (एमाले) को आजबाट दशौं राष्ट्रिय महाधिवेशन शुरु भएको छ । चितवनमा भइरहेको उक्त महाधिवेशनको आज पहिलो दिनमा नेता तथा कार्यकर्ताको बाक्लो उस्थिती देखिएको थियो ।

भरतपुर नगरपालिकामा भइरहेको यस महाधिवेशनले प्रत्यक्ष रुपमा त्यस स्थानमा सकारात्मक असरका साथै नकरात्मक असर पनि पारेको छ । यसै मध्ये एक हो बिरामी बोकेको एम्बुलेन्सको दर्दनाक अवस्था ।

जीवन मरणको दोसाँधमा पुगेको एम्बुलेन्स एमाले नेता तथा कार्यकर्ताको भिडमा फसेको थियो । ट्रयाफिक व्यवस्थापन गतिशिल नहुन्दा सो एम्बुलेन्स फसेको थियो ।

भिडबाट निस्किन धेरै समय लागेपछि अक्सिजनको कमीले गर्दा बिरामी छट्पटाउन थाले पछि बिरामीलाई एम्बुलेन्सको छठमा निकालिएको थियो । बिरामीलाई धेरै गार्हो भएपछि बिरामीको आफन्तले बिरामीको हात पाइतालाहरु मुसारेका थिए । एम्बुलेन्सको साथ साथै केही अन्य सवारी पनि फसेका थिए ।