एमालेको चितवनमा हुने दशौं महाधिवेशनमा सहभागी जनाउन को लागि विदेशी पाहुनाहरु आगमन

१० मंसिर २०७८, शुक्रबार १३:३८

 

काठमाण्डौं । एमालेको आजदेखि चितवनमा हुने दशौं महाधिवेशनमा सहभागीजनाउन को लागि विदेशी पाहुनाहरु आउने क्रम जारी रहेको छ । चार देशको आठ वटा राजनीतिक दलका १५ जना प्रतिनिधि आउने निश्चितभएको बताएको छ । तीमध्ये केही आइसकेका छन् भने केही आउन बाँकी र आज रातिसम्ममा काठमाडौं आइपुग्ने कार्यतालिका तय गरिएको छ ।

१५ जनामध्ये ११ जना काठमाडौं आइपुगेर हिजै साँझ चितवन पुगेका छन् । कम्बोडियाका चार जना पाहुना आज राति सवा १० बजे काठमाडौं उत्रिँदै छन् । उनीहरु चारै जना सिंगापुर एअरलाइन्सको उडानबाट राति सवा १० बजे काठमाडौं आइपुग्ने र भोलि बिहान चितवन पुर्याइने कार्यतालिका रहेको बताइएको हो ।

भारतका सात जनामध्ये पाँच जना हवाइ उडानबाट र दुई जना स्थलमार्गबाट आएका छन् । वीरेन्द्रप्रसाद गुप्ता र सन्दिप सौरभ स्थलमार्गबाट नेपाल आएका हुन् ।

श्रीलंकाली पाहुना हिजो बिहान ९ ः ४५ बजे श्रीलंकन एअरको उडानबाट आएका छन् । बंगलादेशका तीन जना पाहुना पनि हिजो बिहान १०ः१५ बजे बिमान बंगलादेशको उडानबाट काठमाडौं आएका छन् ।

भारतका शर्मा थरका एक जना पाहुना सोमबार नै एअर इण्डियाको उडानबाट आएका थिए । अरु तीन जना हिजो दिउँसो काठमाडौं उत्रेका थिए ।

१५ जना विदेशी पाहुनामध्ये आठ जनालाई एमाले नेताहरुले विमानस्थल तथा नाकामा स्वागत गर्दै होटल व्यवस्थापन गरेका थिए । तर हिजो आएका तीन जना भारतीय र आज राति आउने चार जना कम्बोडियाली पाहुनालाई भने होटल सोल्टीले विमानस्थलबाट ल्याउने र चितवन पुर्याउने जिम्मा लिएको छ ।