एमालेको महाधिवेशनले चितवनमा काँग्रेसको जिल्ला अधिवेशन स्थगित

१० मंसिर २०७८, शुक्रबार १०:३७

 

 

काठमाण्डौं । एक मात्र निर्वाचन क्षेत्र भएका ३१ जिल्लामा अधिवेशन सकिएको छ । एउटा निर्वाचन क्षेत्र भएका धनकुटा, सोलुखुम्बु, रसुवा र दार्चुलामा जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दार्चुला र सोलुखुम्बुमा आज अधिवेशन सम्पन्न हुने बताए छन्।

धनकुटामा अधिवेशन स्थगित भएको छ भने रसुवामा पालिका अधिवेशन गर्न विहीबार निर्वाचन अधिकृत खटाइएको उनले जनाएको छन््् । दुई वटा निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला गोरखामा पनि काँग्रेस अधिवेशन सम्पन्न गरिएको छ ।

बाँकी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आजबाट अधिवेशन सुरु हुन लागेको छ । श्रेष्ठका अनुसार प्रदेश दुईका ८ वटा जिल्लामा भने आज जिल्ला अधिवेशन सुरु हुने अवस्था नभएको बताए । तेस्तै सिरहामा वडा अधिवेशनसमेत अझै सम्पन्न भएको छैन ।

अन्य जिल्लामा प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी गरिएको छ । यस्तै प्रदेश अधिवेशन आयोजना गरिने कैलाली र मकवानपुरमा जिल्ला अधिवेशन सर्ने भएको छ । धनुषामा पनि प्रदेश अधिवेशनअघि जिल्ला अधिवेशन सम्पन्न गर्न कठिन अबस्था छ ।

यता एमालेको महाधिवेशनले चितवन काँग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन प्रदेश अधिवेशन हुने जिल्लाको अधिवेशन स्थगित गरिएको छ । जिल्ला अधिवेशन हुन बाँकी ४२ जिल्लामा आजबाट सुरु भएर जिल्ला अधिवेशन प्रक्रिया सुरु भएको श्रेष्ठको भनाइ रहेको छ । श्रेष्ठले भने, ‘करिब ३० जिल्लामा अधिवेशन सुरु हुन्छ । बाँकी जिल्लामा पनि अधिवेशन हुँदै जान्छ ।’