नेपाली काँग्रेसका काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित

९ मंसिर २०७८, बिहीबार १४:०७

 

 

काठमाण्डौं । नेपाली काँग्रेसका काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसद भएका महर्जनले ३२० मत प्राप्त गरेका थिए । त्यसै गरी सचिव पदमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरेका थिए पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएका छन् ।

यस्तै महाधिवेशनको प्रतिनिधि खुलातर्फ राजेन्द्रकुमार केसी राजन, राजकुमार नकर्मी, विकास बस्नेत, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा, योगेन्द्रकुमार कुँवर र गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मीदेवी दाहाल रावल, अजितादेवी शर्मा, यशोधा गौतम र मनमैया गिरी, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि बद्रीलाल महर्जन, विष्णुमान मानन्धर र चन्द्रबहादुर गोपाली, आदिवासी जनजाति महिला महाधिवेशन प्रतिनिधिमा सिर्जना श्रेष्ठ सिंह र यमुनादेवी श्रेष्ठ निर्वाचित भएका हुन् ।

यस्तै, खस आर्य तर्फ सीता केसी खड्का र तारा बुढाथोकी, खस आर्य महाधिवेशन प्रतिनिधि पुरुषतर्फ गणेशबहादुर सुवेदी र राजेन्द्र खत्री र अल्पसङ्ख्यकबाट सुदन महर्जन विजयी भएका छन् ।