२०७८, १४ मंसिर मंगलवार

५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने दावी

 

 

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् । सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै उनले नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताए ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताए छन्। ‘सचिव पोष्ट भनेको पदाधिकारीको इन्ट्रान्स पोइन्ट हो । यो इन्ट्रान्स गेट बन्द गरेर सहमति हुँदैन,’ सचिव पदमा दाबी गर्दै आएका बस्नेतले भने, ‘यो सचिव पोष्टमा चाहिं सहमतिको आधारमा पनि ७ जनामा कमसेकम ४ जना न्यू इन्ट्रीलाई समावेश गराउनुपर्छ जिकिर गरेका छन् । यदि त्योसो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ भन्दै विचार व्यक्त गरेका छन् ।’

 

 


प्रकाशित | २०७८, ९ मंसिर बिहीबार १३:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *