सर्वोच्च अदालत प्रशासनले आज दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक

९ मंसिर २०७८, बिहीबार १२:४२

 

काठमाण्डौं । सर्वोच्च अदालत प्रशासनले आज दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न आज फुलकोर्टमा बैठक बस्न लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले आज दिउँसो २ बजेका लागि फुलकोर्टमा बोलाएको हो । सो को बारेमा जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार नै गराएका थिए । सोही अनुरुप आज दिउँसो २ बजे फुलकोर्ट बैठक बस्दै छ ।

सर्वोच्च अदालत स्रोतकाअनुसार आज बिहानै सर्वोच्च प्रशासनले न्यायाधीशहरूलाई पत्र पठाएर २ बजे फुलकोर्ट राखिएको जानकारी गराएको थियो। तर फुलकोर्टको एजेण्डा के–के छ भन्नेबारे भने सर्वोच्च प्रशासनले जानकारी दिएको छैन ।

यसअघि पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अनिवार्यता रहने गरी नियमावली संशोधन गराएका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई बहिष्कार गर्दा निर्देशन समितिको नेतृत्व पनि प्रधानन्यायाधीश वा वरिष्ठतम् न्यायाधीशले गर्ने गरी पुनः नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

पेसी तोक्ने कार्यका लागि पनि वर्तमान प्रधानन्यायाधीशलार्य राख्न नहुने बताएका उनीहरुले बुधबार सामुहिक छलफल गरी आज फुलकोर्टमा बोलाउने र मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्यको थालनी गर्ने निर्णय गरेहो ।