कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई गार्ड राके

८ मंसिर २०७८, बुधबार १५:३८

 

 

काठमाण्डौं । आफ्नो किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्केकी छन् । उनी यो शोमार्फत् आफ्नो किताबबारेमा जानकारी दिने तयारीमा थिइन् ।

जब कपिल र उनको प्रोडक्सनका टीमलाई यो कुराको बारेमा थाहा भयो तब त्यो विषयमा चर्चा चल्यो । त्यसपछि प्रोडक्सन टीमले स्मृति इरानीसँग कुरा गर्ने धेरै प्रयास गरे । तर अन्तिमा सुटिङ रद्द गर्न वपरेयो । त्यसपछि ठूलो संख्यामा प्रहरी बल त्यहाँ पुग्यो र कपिलको प्रोडक्सन टीमबाट निकै बेरसम्म कुराकानी भया्े । जब कुरा हुन सकेन, तब प्रोडक्सन टीमले सेटसँग सम्बन्धित सबै मानिसलाई घर जान भने ।

भारतीय संचार माध्यमका अनुसार केन्द्रीय मन्त्री उनका ड्राइभर र दुई जनाको समूहमा कापिल शर्माको शोमा सुटिङका लागि बेलुकी पुगेकी थिइन् । प्रवेश द्धावारमा त्यहाँका सुरक्षाकर्मी अन्नाले उनलाई चिन्न सकेनन् र उनलाई प्रवेश गर्न दिएनन् । स्मृतिले ती सुरक्षाकर्मीलाई आफूलाई सेटमा एपिसोडको सुटिङका लागि निम्तो दिइएको बताइन् । यसबारे सुरक्षाकर्मीले भने, ‘हामीले कुनै आदेश पाएका छैनौं । माफ गर्नुहोस् म्याडम, तपाईं भित्र जान पाउनुहुन्नँ ।’