पछिल्लो नतिजा अनुसार २६ जिल्लामा कांग्रेसको नेतृत्व चयन

८ मंसिर २०७८, बुधबार १५:०३

 

काठमाडौं । १३ जिल्लाको नतिजा आएको कांग्रेसमा थप जिल्लामा पनि सभापति चयन भएका छन्। पछिल्लो नतिजा अनुसार २६ जिल्लाका कांग्रेसको नेतृत्व चयन भएको छ।

जसमा संस्थापन देउवा पक्ष १४ जिल्लामा विजय भएका छन् भने पौडेल पक्ष १२ वटा जिल्लामा विजय भएका छन्। पहिलेकै कार्यतालिका अनुसार भएको हिमाली र उच्च पहाडी एवं एक निर्वाचन क्षेत्र भएका जिल्लामा गरिएको अधिवेशनपछि १३ जिल्लाको नतिजा आएको थियो।

पहिलो नतिजामा संस्थापनले ५ जिल्ला जित्दा पौडेल पक्ष ८ जिल्लामा विजय प्राप्त गरेका थिए।
त्यस्तै २६ जिल्लाको नतिजा आउँदा संस्थापनले कमब्याक गरेको छ। ५ बाट संस्थापन १४ मा पुगेको छ। ८ बाट पूर्व संस्थापन रामचन्द्र पौडेल पक्षले १२ वटामात्रै पुर्याएका छन्।