बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

८ मंसिर २०७८, बुधबार १३:४७

 

 

काठमाण्डौं । गोर्खा जिल्लाको आरुघाट गाउँपालिका ४ थुमीमा बुहारीको कुटाइबाट जेठाजु ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आफ्नै बुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट ४९ वर्षीय चामबहादुर बराम गम्भीर घाइते भएका थिए ।
शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौं लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेका थिए। पक्राउ परेका दुबैविरूद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालययले जनाएको छ।