
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं १ बाट क्षेत्रीय सभापतिमा ध्रुव श्रेष्ठ विजयी हुनुभको छ । सोमबार सम्पन्न भएको निर्वाचनको मंगलबार बेलुकी सार्वजनिक नतिजा आए अनुसार श्रेष्ठ विजय भएका हुन् ।
श्रेष्ठले उनको निकटतमा रहेको प्रतिद्धन्द्धी विसम रिमाललाई १२४ मतान्तरले पराजित गरेका थिए ।
विजय भएका श्रेष्ठलाई नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. रामशरण महत र बहादुर सिंह लामा र महत लामालगाएका समूहको समर्थन पाएका थिए । भने रिमाललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीको समर्थन रहेको थियो।
सोमबार सम्पन्न निर्वाचनमा कुल ९२१ मत झरेको थियो । त्यसमध्ये श्रेष्ठले ५११ मत प्राप्त गरेका थिए भने रिमालले ३८७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तैगरी श्रेष्ठको समूहबाट युवा नेता शिव गुनीले ४७६ मतसहित विजयी भएका छन् भने केसी समूहबाट जगदिश कुँइकेलले ४४१ मतसहित जित हासिल गरेका हुन् ।
त्यस्तै महत लामाको समूहबाटै सहसचिवमा ४९१ मतसहित ठाकुरप्रसाद लामिछाने र ४९९ मतसहित वीरबहादुर तामाङले जित हासिल गरेका छन् । भने अन्य सदस्यहरुमा पनि लामा महत समूहकै वर्चस्व रहेको बताएका छन् ।
