अमेरिकाको यस्तो कदमले चीन असन्तुष्ट

८ मंसिर २०७८, बुधबार ११:०१

 

 

Democratic presidential candidate, former Vice President Joe Biden, speaks during a campaign event, Tuesday, July 14, 2020, in Wilmington, Del. (AP Photo/Patrick Semansky)

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्रको विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिनुभएका छन् ।

डिसेम्बरको ९ र १० तारिखमा हुने सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन । तर ताइवानले भने यो सम्मेलनमा भाग लिँदैछ । अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यो खबर उल्लेख छ ।

अमेरिकाको यस्तो कदमले चीन असन्तुष्ट भएको बीबीसीले जनाएको छ । किनभने ताइवानलाई चीनले आफ्नो अभिन्न हिस्सा मान्दै आइरहेको छ । यस्तै अमेरिकाले टर्की, अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि यस सम्मेलनमा बोलाएको छैन ।