२०७८, १४ मंसिर मंगलवार

रामप्रसाद बन्जाडे टंकमणी को सवारी दुर्घटनामा मृत्यु

 

 

 

काठमाण्डौ । नेकपा माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे टंकमणी को सवारी दुर्घटनामा मृत्यु भएको छ ।मोटरसाइकलमा सवार बन्जाडेलाई मँगलबार राती बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भिर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनीहरुलाई ठक्कर दिएको हो ।

घटनापछि घाइते भएका उनीहरुलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर उनको अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको थियो ।बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत थिए ।

 


प्रकाशित | २०७८, ८ मंसिर बुधबार ०८:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *