२०७८, १४ मंसिर मंगलवार

आगामी महाधिवेशनमा कुनै विवाद नआउने ः गोकर्ण विष्ट

 

 

काठमाण्डौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको दावी गरेका छन् । मंगलवार नेकपा एमालेको स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए छन् । विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको पनि जिकिर गरेका छन् ।

एमालेलाई गुटरहित र प्यानलरहित बनाएर अघि बढ्ने उनको भनाइ छ । उनले भने, ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् ।तर त्यो प्रकारको अवस्था आउँदैन उनले भने । हामी आउन दिदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ।’

त्यसैगरी नेकपा एमालेका नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरेका छन् । जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ, सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनले भने ।

उनले एमालेको नेतृत्व चयन सहमतीमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको पनि जिकिर गरे ।

 


प्रकाशित | २०७८, ७ मंसिर मंगलवार १७:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *