
काठमाण्डौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा ७२ कलाकारले एक साथ राष्ट्रिय गान गाउने भएका हुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले दसौँ महाधिवेशनको तयारी सम्बन्धमा मंगलबार जानकारी गराए अनुसार कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष भएकाले ७२ कलाकारको उपस्थिति गराई सामूहिक रूपमा राष्ट्रिय गान गाउने कार्यक्रम राखिएको बताएका छन् ।
उनले महाधिवेशन स्थलमा सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको पनि जानकारी दिएका हुन । यसका लागि गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफलसमेत भइसकेको उनको भनाइ छ । उनले ठुलो सङ्ख्यामा सहभागीहरू उपस्थित हुनेको छ र उद्घाटन सत्रमा नारायणी किनारमा प्रशस्त स्थान नपुग्ने महसुस गरी गैँडाकोटतर्फको किनारमा लैजाने र ठुला स्क्रिनसहित उद्घाटन समारोहको दृश्य प्रसारण गर्ने व्यवस्था मिलाइएको बताए ।
