ओली अध्यक्षमा उठने नउठने अझै निर्णय नभएको

७ मंसिर २०७८, मंगलवार १५:३१

 

 

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताए।

मंगलबार महाधिवेशनको वारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताएका हुन ।

भिम ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट म प्रभावित भएको छु’भने ओलीको भनाइ छ ।

उनले लोकतन्त्रमा चुनौति दिन पनि पाइने बताएका छन् । ‘मलाई कसैले चुनौति दिए स्वागत गर्छु भन्दै आफ्नो मनतव्य राख्नु भएको छ । लोकतन्त्रमा चुनौति दिन पाइन्छ । म अरुलाई नउठ भनेर दवाव महशुस हुने गरी अभिव्यक्ति दिन्न’, अध्यक्ष ओलीले भने, ‘म उठ्ने नउठ्ने कुनै निर्णय भएको छैन । म उठ्ने भएँ भने अरुलाई कुनै दवाव पनि दिने छैन एमाले अध्यक्षले भनेका छन् ।

त्यस्तै अध्यक्ष ओलीलाई तपाईंले मन पराएको वरिष्ठ उपाध्यक्ष को हो रु भनेर पत्रकारले सोधेको प्रश्नमा भने, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो निर्विरोध हुन्छ या बढी भोट ल्याएर जित्छ । अन्यको हकमा पनि त्यही हुन्छ ।’