
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ ‘युएन मिसन’ अन्तर्गत सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । त्यसैक्रममा काठमाडौंबाट मंगलबार नेपाली सैनिकको टोली सिरियातर्फ गएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स’ मा तैनाथ मेकनाइन्ज इन्फेन्ट्री गुल्म शासे चौथो डफ्फा, ईन्जिनियर सेमु शासे पाचौं डफ्फा, लेवल १ अस्पताल शासे दोस्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट शासे पहिलो डफ्फा बदली गरिएको छ ।
ती डफ्फालाई बदली गर्नका लागि मेकनाइज्ड इन्फेन्ट्री गुल्म शासे पाचौं डफ्फा, ईन्जिनियर सेमु शासे छैटौं डफ्फा, लेवल १ अस्पताल शासे तेस्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट शासे दोस्रो डफ्फा गरी सेनानी राधाकृष्ण खड्काको नेतृत्वमा १९२ जना नेपाली शान्ति सैनिक मंगलबार त्यसतर्फ प्रस्थान गरेको निर्देशनालयले जानकारी दिएको छ ।
