‘डान्स’ नदेखाएपछि यी कलाकारविरुद्ध पक्राउ पूर्जी जारी

३ मंसिर २०७८, शुक्रबार ०८:४०

एजेन्सी ।

चर्चित कार्यक्रम बिग बोसमा प्रतिभा देखाएकी कलाकार सपना चौधरीले दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि पक्राउ पूर्जी जारी गरिएको छ ।

भारतको उत्तर प्रदेशस्थित लखनउको अदालतले ‘डान्स’ पनि नदेखाएको र दर्शकको पैसा पनि फिर्ता नगरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको छ ।

गायक तथा कलाकार सपनाविरुद्ध पक्राउ पूर्जी जारी गर्दै अदालतले आगामी २२ नोभेम्बरमा पेशी तोकेको छ ।

अब सपनालाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सपनाले आफूविरुद्ध लागेको आरोप खारेज गर्न निवेदन दिएकी थिइन् तर उल्टै उनको निवेदन खारेज भएको छ । सपनाविरुद्ध दर्ता भएको यो मुद्दा ४ वर्ष पुरानो हो तर अहिले पक्राउ पूर्जी जारी भएको छ ।