
फाईल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेक प्रताप शाह उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने तयार गर्दै जसपाका नेताहरुसँग गोप्य छलफलमा जुटेका छन् ।
सांसद अभिषेक प्रताप शाहसहितको गोप्य छलफलको तस्बिर ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न नपाएकोमा आफ्नो सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउँदै आएका थिए ।

उनी यसभन्दा अगाडि पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरमा नै रहेका थिए । त्यस बेला पनि मन्त्री पद नपाउँदा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
