कुन बैंकले कति लाभांश दिँदैछन् ?

२१ कार्तिक २०७८, आईतवार १३:२३

 

काठमाडौं । १६ वाणिज्य बैंकले तिहार अघि नै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गर्नेहरूमा नबिल, हिमालयन, सानिमा, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स्, नेपाल बंगलादेश, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् ।

यस्तै, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया, सिद्धार्थ, एभरेष्ट, ग्लोबल आईएमई, बैंक अफ काठमाडौं र एनएमबी बैंकले समेत तिहार अघि नै आफ्नो लाभांश घोषणा गरेका छन् ।

हालसम्मकै उच्च प्रतिफल दिनेमा नबिल

कुल २७ वाणिज्य बैङ्कहरूमध्ये हालसम्म लाभांश वितरणको घोषणा गरेका १६ बैङ्कहरू मध्ये पति हालसम्मकै उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंक बनेको छ । बैंकले अधिकतम ३८ प्रतिशतसम्मको लाभांश वितरणको घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएसँगै बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूमा वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा कुल ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।