भिटेनको नयाँ गीत टेन्डिङमा, बाँकी राखेन्ने नेपाल सरकार र पुलिसलाई

२१ कार्तिक २०७८, आईतवार १२:२४

काठमाडौं ।  भिटेन नामबाट परिचित गायक समीर घिसिङको पछिल्लो र्‍याप गीत ‘गल्ली सडक’ चर्चामा रहन सफल भएको छ । गीतमा सत्ता विरुद्धको आक्रोश समेटिएको छ । अश्लिल गीतका कारणले पटक पटक पक्राउ पर्दै सच्चिने सर्तमा छुट्दै आएका भिटेनको गीतका शैली पहिलेझै छन् ।

फरक उनको प्रहार मात्र हो । उनले अहिलेको ‘गल्ली सडक’ प्रहरी प्रति समेत लक्षित छ । प्रहरीबाट भोगेको अनुभव भिटेनले गीतमा समेटेको जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छन् ।

गीतमा उनले अपराधी सरकारले पालेको र बिग्रिसकेको समाजको दोस आफूलाई लगाएको आरोप समेत लगाएका छन् । गत ३० अक्टोबर अर्थात ८ दिन अगाडि युट्युवमा सार्वजनिक यो गीत केही दिनदेखि लगातार युट्युवको ट्रेन्डिङमा रहन सफल छ ।

अहिलेसम्म २० लाख बढी दर्शक पाएको गीतले एक लाख ९२ लाइक र करिब ४ हजार डिसलाइक पाएको छ । गीतमा शब्द, संगीत र स्वर समेत भिटेनकै रहेको छ ।

 

https://youtu.be/7U2TBLw-6Q8