अमेरिकी राष्ट्रपति जो बाइडेनले यसकारण प्रम देउवालाई देख्नेबितिक्कै चिनिहाले

१९ कार्तिक २०७८, शुक्रबार १०:१७

काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा देउवाले थुप्रै देशका नेताहरुसँग साइडलाइन भेटवार्ताहरु गरे ।

साथै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्री भोजमा पनि नेताहरुसँग प्रधानमन्त्री देउवाको भेट भयो ।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्ता प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘बाइडेनसँग भेट्दा टोपी लगाएर गएको थिएँ, उनले चिनिहाले ।’ उनका अनुसार यसअघि नेपाल आइसकेका बाइडेनले आफूलाई नेपाल खुब मन पर्ने समते सुनाएका थिए ।