प्लाजाबाट स्रोत नखुलेको ८ लाख ६९ हजार रुपैयाँसहित तीन जना पक्राउ

१५ कार्तिक २०७८, सोमबार १९:००

काठमाडौं । कैलाली प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले आयोखबरलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका-१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का,१८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।