छुटे शाहरु खानका छोरा आर्यन, जेलबाट सिधै कता गए ?

१५ कार्तिक २०७८, सोमबार ०६:०६
एजेन्सी

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन रिहा भएका छन् ।

लागूऔषध ड्रग्स मुद्दामा पक्राउ परेर लामो समयदेखि थुनामा रहेका आर्यन शनिवार रिहा भएका छन् ।

आर्यनलाई लैजान शाहरुखका बडीगार्ड रवि जेल पुगेका थिए । उनी जेलबाटै सिधै मन्नतस्थित घरमा जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आर्यनको परिवारले उनको रिहाइका लागि कोसिस गरिरहेको थियो ।

पक्राउ परेको २८ दिनपछि आर्यन रिहा भएका हुन् । उनी शाहरुखको गाडीमा बसेर मन्नततिर लागेका छन् ।