जन्मदर्ता गर्न १० हजार घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

१५ कार्तिक २०७८, सोमबार ०५:५९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी– ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरूले सेवाग्राहीबाट रु १० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।

जन्मदर्ता जस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ ।

आयोगले आरोपीलाई बिगोबमोजिमको कारवाहीको माग गरेको छ ।