
सांकेतिक तस्बिर
काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से) ५५.५० अंकले बढेको छ । गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो ।
बैंकिङबाहेक सबै परिसूचक (सब–इन्डिक्स) हरियो अर्थात बढ्दो क्रममा छ । आज नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ । ५५.५० अंक बढेसँगै सूचकले २,८३७.६१ अंक भेटेको छ ।
आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.४६ अंकले बढेर ५३०.४६ पुगेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६.५४ प्रतिशत बढेको छ ।
वाणिज्य समूहको ५.९६ र होटल तथा पर्यटन समूहको सेयरमा ५.४४ प्रतिशत वृद्धि देखिएको छ । बैंकिङ समूह परिसूचक भने ०.१६ प्रतिशत घटेको छ ।
आज युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् भने एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
