पाँच दिने अचार तालिम सम्पन्न

१३ कार्तिक २०७८, शनिबार ०९:००

आयोखबर संवाददाता
काठमाडौं । गोकर्णेश्र नगरपालिका ७ मा नयाँ छोरी उद्यमी नेपाल र रोटरी क्लब अफ काठमाडौं कलैकीको संयुक्त आयोजनामा अचार बनाउने कार्यक्रम सम्पन्न भएको छ ।

कार्तिक ७ गते सोमबारबाट सुरु भई कार्तिक १२ गते शुक्रबारसम्म सञ्चालन भएको उक्त पाँच दिनको कार्यक्रममा १० जनाको सहभागिता रहेको थियो । पाँच पोखरी महिला बचत समूहको अध्यक्ष गीता बस्नेत प्रशिक्षक रहेको उक्त तालिममा शाकाहारी, तथा मांसाहारी अचारका विभिन्न परिकारहरु बनाउन सिकाईएको थियो ।

सभालाई सम्बोधन गर्दै रोटरी क्लब अफ काठमाडौं कलंकीकी प्रेसिडेन्ट दुर्गा मैनालीले भनिन्, “सीप सिकौँ आत्मानिर्भर बनौँ । पहिले हाम्रो आमाको पालामा रुप रानीl, सीप कमारा थियो भने अहिले सीप चैँ रानी रुप कमारा भएको छ ।”

दक्षिणढोका बुद्धिष्ट बाल गृहमा भएको सञ्चालन रहेको उक्त कार्यक्रमको प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल उपस्थित थिए ।

“अचारको यो तालिम सिके अब भने घरेलु उद्योग आफैँ सञ्चालन गरेर जीविको पार्जन गर्न सक्छु भन्ने आन्माविश्वास बढेको छ “, पाँच दिने तालिममा सहभागी सबिना दुबसले आयोखबर संवाददातालाई बताइन् ।