सार्वजनिक भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका यस्तो

११ कार्तिक २०७८, बिहीबार १४:०९

काठमाडौं । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका सारेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको छ ।

काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।

मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए ।

मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।