सात रोटरी क्लबले मनाए ‘विश्व पोलियो दिवस’

८ कार्तिक २०७८, सोमबार ०५:२३

आयोखबर संवाददाता

काठमाडौं । अक्टोबर २४ विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ ज्ञानेश्रले अन्य छ रोटरी क्लबहरुसँग संयुक्तरुपमा ज्ञनेश्वरको एटिक रेष्टुरेन्टमा कार्यक्रम गर्दै विश्व पोलियो दिवस मनाएको छ ।

रोटरी क्लब अफ काठमाडौं कलंकी, रोटरी क्लब अफ पशुपती नेपाल, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ ठमेल, रोटरी क्लब अफ दरबारमार्ग र रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले रोटरी क्लब अफ ज्ञानेश्वरसँग संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पि.डि.जी. जया राज्य लक्ष्मी शाहाको उपस्थिीति थियो ।

असिस्टेन्ट डिस्टिक गभर्नर (३२९२) का गभर्नर भरत कुमार श्रेष्ठ उपस्थित रहेको उक्त कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं कलंकीकी प्रेसिडेन्ट दुर्गा मैनालीले रोटरी इन्टरनेश्नल संस्थाले नै सर्वप्रथम विश्व पोलियो दिवस मनाउन शुरु गरेको बताइन् । उनी भन्छिन्,”विश्वमा हाम्रो रोटरी इन्टरनेश्नलले विगत ३५ बर्षभन्दा पहिले देखि विश्वबाट पोलियो उन्मूलन गर्नको लागि उल्लेखनिय काम गर्दै आएको छ र आगामी दिनहरुमा पनि यस मानवीय कार्यलाई रोटरीले निरन्तरता दिनेमा म विश्वस्त छु ।”

“लेट्स इन्ड पोलियो” सोलोगनका साथ मनाइएको उक्त कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरीको पनि उपस्थिती थियो ।