इस्लाम धर्म छोडेर हिन्दू धर्म अपनाउने इन्डोनेसियाका पूर्व राष्ट्रपतिकी छोरी

७ कार्तिक २०७८, आईतवार १६:५९

एजेन्सी ।
इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले इस्लाम धर्म छोडेर हिन्दू धर्म अपनाउने भएको सीएनएन इन्डोनेसियाले खबर दिएको छ ।

मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेज एरियामा उनलाई कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गराइनेछ ।

सुकार्नो सेन्टरका अध्यक्ष आर्य वेदकर्णले यसको पुष्टि गरेका हुन् ।

शुद्धि वधनी समारोह आयोजना गर्न आफूले सुकमावतीले भनेको वेदकर्णले बताए । शुद्धिकर्ममा व्यक्तिले पवित्र हृदयका साथ आफू हिन्दू धर्ममा आस्था राख्ने घोषणा गर्छ ।

आफ्नो पुर्खाको धर्ममा फर्किने सुकमावतीको अधिकार भएको पनि उनले बताए । सुकमावतीकी हजुरआमा इदा न्योमान राइ श्रीमबेज बालीकी हिन्दू हुन् ।

लामो प्रक्रिया अपनाएर सुकमावती हिन्दू धर्ममा प्रवेश गर्न लागेको वेदकर्णको भनाइ छ ।

सुकमावतीले पुजारी, भिक्षु, पण्डित तथा अन्य सरोकारवालाहरूसँग छलफल गर्ने गरेको र हिन्दू धर्मग्रन्थहरूको अध्ययन गर्ने गरेको उनले बताए ।