भगवान् शिवको भूमिकामा देखिदै अक्षय कुमार

७ कार्तिक २०७८, आईतवार १६:०७

काठमाडौं । बलिउड नायक अक्षय कुमार चलचित्रको मेसिन नै हुन भन्दा फरक नपर्ला । आउँदो बर्ष अक्षयको आधा दर्जन भन्दा बढी चलचित्र रिलिज हुँदैछ । यसैबिच, उनको नयाँ चलचित्र ‘ओ माई गड २’को छायांकन पनि सुरु गरिएको छ । अक्षयले यो चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् ।

यो चलचित्रमा उनी भगवान् शिवको भूमिकामा देखिदैछन् । उनको साथमा कलाकार पंकज त्रिपाठी मुख्य भूमिकामा छन् ।

सन् २०२१ मा रिलिज भएको चलचित्र ‘ओ माई गड’मा अक्षय भगवान् कृष्णको भूमिकामा देखिएका थिए । अक्षयले एउटा महत्वपूर्ण सामाजिक मुद्दालाई यो चलचित्रले उठान गर्ने उल्लेख गरेका छन् ।

यो चलचित्रलाई अमित रायले निर्देशन गर्दैछन् । चलचित्रमा यामी गौतमको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन उज्जैनमा सुरु भएको छ ।

१७ दिनसम्म चलचित्रको छायांकन उज्जैनमा गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्रको छायांकन महाकाल मन्दिर, रामघाट, कालभैरव मन्दिर लगायतका स्थानमा गरिनेछ ।